आज पनि संक्रमित २ सयबढी, २ जना बिते

आज पनि संक्रमित २ सयबढी, २ जना बिते

आज मुलुकभर दुई सय ७० जना कोरोना संक्रमित थपिएका छन् । सात हजार आठ सय २९ जनामा पीसीआर तथा दुई हजार छ सय १५ जनामा एन्टिजेन गरी १० हजार चार सय ४६ जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज तीन सय २ जना संक्रमणमुक्त भएका छन् । दुई जनाले संक्रमणको कारण ज्यान गुमाउनु परेको छ । मुलुकभर अझै सात हजार दुई सय ८७ जना सक्रिय संक्रमित छन् ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय १८ पुगेको छ । हाल काठमाडौंमा छ सय ९० जना सक्रिय संक्रमित छन् । भक्तपुरमा चार सय ८२ र ललितपुरमा पाँच सय ५८ जना संक्रमित छन् ।

टिप्पणीहरू