कीर्तिपुरमा नेपाली र नेवारी राष्ट्रिय गान अनिवार्य

कीर्तिपुरमा नेपाली र नेवारी राष्ट्रिय गान अनिवार्य

कीर्तिपुर नगरपालिकाले कार्यालय समय शुरु हुनुअघि राष्ट्रिय गान गाउनै पर्ने नियम अनिवार्य गरेको छ । हरेक दिन कर्मचारीलाई राखेर कार्यालय समयअघि नेपाली र नेवारी राष्ट्रिय गान गाएर मात्रै कामको थालनी गर्न नगरपालिकाले भनेको छ ।

राष्ट्रिय गान गाएर कार्यालयको काम गर्दा कर्मचारीहरुमा एक किसिमको जागरुकता आउने र समयमै कार्यालय सञ्चालन गर्न सकिने कुराको विकास हुने नगरप्रमुख रमेश महर्जनले बताउनुभयो ।

उहाँले राष्ट्रिय गानसहित प्रत्येक दिन प्रमुखले केही निर्देशन समेत दिने र नीति कथाहरु समेत भन्ने गरेको जानकारी दिनुभएको छ । नगरप्रमुख महर्जनले भन्नुभयो,‘कीर्तिपुर नगरपालिकाले जननिर्वाचित भएर आएपछि साढे चार वर्षपछि विगतका केही दिनदेखि सम्पूर्ण कर्मचारीलाई समयमै उपस्थित गराएर राष्ट्रिय गानको शुरुवात गरेका छौँ ।’

यस किसिमको कार्यक्रमले कर्मचारीहरुमा सचेतना बढेको र समयभन्दा ढिलो आउने समस्या हल भएको उहाँको बुझाइ छ ।

टिप्पणीहरू