प्रहरी मुख्यालयमा ८ जनालाई दज्र्यानी चिन्ह

प्रहरी मुख्यालयमा ८ जनालाई दज्र्यानी चिन्ह

निमित्त प्रहरी महानिरीक्षक तथा प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाहीले प्रहरी उपरीक्षक पदमा बढुवा भएका आठ जना प्रहरी अधिकृतलाई दज्र्यानी चिन्ह लगाइदिनुभएको छ । आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उहाँले उक्त चिन्ह प्रदान गर्नुभएको हो ।

दज्र्यानी चिन्ह लगाउनेहरूमा प्रहरी उपरीक्षकहरू जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सिना, रामहरी पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट रहनुभएको छ ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति थियो ।

टिप्पणीहरू