ब्राउनसुगर बोक्ने सात युवक प्रहरी खोरमा

ब्राउनसुगर बोक्ने सात युवक प्रहरी खोरमा

झापाको भद्रपुर ७, बोक्तोबारीबाट प्रहरीले ७ जना युवकलाई लागूऔषध खैरो हिरोइनसहित पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई हिजो बेलुकी पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुबाट ब्राउनसुगर ४ ग्राम ६ सय १० मिलिग्राम, नाइट्रोजन ट्याबलेट १ र तौल गर्ने डिजिटल तराजु पनि बरामद गरेको छ । प्रहरीले लागूपदार्थ बेच्ने र दुव्र्यसनी दुबैलाई पक्राउ गर्न सफल भएको छ । आरोपितहरुले प्रयोग गरेको मे. ८ प ९७०१ र को. ३८ प ९०२८ नम्बरको मोटरसाइकल पनि प्रहरीले कब्जामा लिएको छ ।

पक्राउ पर्नेमा भद्रपुर ७ बोक्तोबारीका १९ वर्षीय नारायण राजवंशी, २२ वर्षीय प्रकाश राजवंशी, वडा नम्बर ६ संगमटोलका २० वर्षीय राहुल ठाकुर, वडा नम्बर ५ का २१ वर्षीय सोनु राजवंशी, बिर्तामोड नगरपालिका ८, सैनिकटोलका १८ वर्षीय सुदीप श्रेष्ठ, बिर्तामोड ६ कसेनीटोलका ३१ वर्षीय प्रताप योञ्जन र अर्जुनधारा नगरपालिका १ का २८ वर्षीय राज श्रेष्ठ रहेका छन् ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

टिप्पणीहरू