चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह

चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह

अस्तिदेखि बादल लागेकाले काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले मुलुकका विभिन्न क्षेत्रमा चिसो बढ्दै गएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले आगामी २४ घण्टामा प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ । योसँगै देशभर चिसो बढ्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन उसले अनुरोध गरेको हो ।

महाशाखाका अनुसार आज बिहान काठमाडौंमा न्यूनतम तापक्रम ७ डिग्री सेल्सियसमा झरेको छ । अधिकतम तापक्रम पनि २० डिग्रीको हाराहारीमा रहने आकलन गरिएको छ ।

आज प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहे पनि बाँकी भू–भागको मौसम सामान्यतयाः सफा रहने महाशाखाले जनाएको छ ।

टिप्पणीहरू