कक्षा १२ को परीक्षाफलको मिति तोकियो

कक्षा १२ को परीक्षाफलको मिति तोकियो

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अनुसार कक्षा १२ को परीक्षाको नतिजा मंसिर २० गतेसम्ममा सार्वजनिक हुनेछ ।

अहिले उत्तरपुस्तिका परीक्षणबाट प्राप्त नतिजालाई सम्परीक्षण तथा तालिकीकरणको काम भइरहेको पनि बोर्डले जनाएको छ । यो वर्ष कक्षा १२ को परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन गरिएको थियो । परीक्षामा पौने चार लाख विद्यार्थी सहभागी भएका थिए ।

गएको परीक्षामा कोभिड–१९ संक्रमण भएर सहभागी हुन नपाएका देशभरका कक्षा १२ का ४१ परीक्षार्थीका लागि बोर्डले मंसिर १६ गते अर्को परीक्षा सञ्चालन गर्ने भएको छ । छुटेका विद्यार्थीले आफ्नै जिल्लाबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

टिप्पणीहरू