कमल थापाले ओलीको प्रशंसा गरेपछि कार्यकर्ताको हुटिङ

कमल थापाले ओलीको प्रशंसा गरेपछि कार्यकर्ताको हुटिङ

नेकपा एमालेको दशौँ महाधिवेशनमा शुभकामना दिन पुगेका राप्रपा अध्यक्ष कमल थापाले सम्बोधनको अधिकांश समय केपी ओलीको प्रशंसामा खर्चिएका छन् । ओलीलाई राष्ट्रिय एकताको प्रतीक भन्दै थापाले उच्च प्रशंसा गरेका हुन् ।

ओलीको पहलमा तराईको पृथकतावादी शक्तिलाई अन्त्य गरेको, विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याएको र नेपालको गुमेको भूभागसहितको चुच्चे नक्सा प्रकाशन गरी संविधानमा उल्लेख गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै थापाले ओलीको प्रशंसा गरेपछि एमाले कार्यकर्ताले हुटिङ गरेका थिए ।

“उनले ओली नेतृत्वको पछिल्लो सरकारबाट भने आफू सन्तुष्ट हुन नसकेको उल्लेख गरे ।”

‘केपी ओलीजस्तो दृढ अडान भएको र राष्ट्रवादी सोच भएको नेतृत्व गरेको पार्टीले यो देशलाई संकटबाट जोगाउनका निमित्त ऐतिहासिक योगदान पुर्याउन सक्नेछ भन्ने मेरो विश्वास छ’, थापाले भने ।

ओलीसँग एउटै सरकारमा रहेर केही समय काम गर्ने अवसर पाएको बताउँदै उनले भारतीय नाकाबन्दीको सामना गरेर चीनसँग पारवहन सन्धि गर्नुलगायतका विषयमा सम्बन्ध बनाउन ओलीले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले ओली नेतृत्वको पछिल्लो सरकारबाट भने आफू सन्तुष्ट हुन नसकेको उल्लेख गरे ।

थापाले एमाले कम्युनिष्ट आन्दोलनको एक प्रमुख शक्ति र देशको सबैभन्दा ठूलो राजनीतिक दल भएको बताउँदै दशौँ महाधिवेशनपछि अझै बलियो बनेर आउने विश्वास समेत गरे ।

टिप्पणीहरू