झापामा जंगली हात्तीले एक जनाको ज्यान लियो

झापामा जंगली हात्तीले एक जनाको ज्यान लियो

जंगली हात्तीको आक्रमणबाट आज झापामा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ९ का ६० वर्षीय रामबहादुर बुर्जामगर हुन् ।

बिहान साढे ६ बजे मेचीनगर नगरपालिका १४ शनिबारेस्थित टंक पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा मगरलाई जंगली हात्तीले आक्रमण गरेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

बुर्जामगरलाई मारेपछि हात्ती जंगलतर्फ पसेको छ । घटनापछि स्थानीय त्रसित भएका छन् । मृतकलाई कानुनी प्रक्रिया पूरा गरी सद्गतको लागि जिम्मा लगाउने तयारी भएको र घटनाबारे थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ ।

टिप्पणीहरू