लागूऔषधसहित एक पक्राउ

लागूऔषधसहित एक पक्राउ

प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा दिनहुँ लागूऔषधका कारोबारी फेला पर्ने गरेका छन । प्रहरीले हिजो पनि बिराटनगर महानगरपालिका १५ मा रहेको १ नम्बर ढाटबाट लागूऔषधसहित एक पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा नगरपालिका १ हिलेका २३ वर्षीय विवेक तामाङ हुन् । उनलाई हिजो बेलुकी लागूऔषध लुपिजेसिक ९, डाइजाल्याब ९, एभिल ९ र फेनारगन ९ एम्पुलसहित पक्राउ गरेको हो ।

तामाङलाई लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रानीले तामाङबारे थप अनुसन्धान भइरेहेको जनाएको छ ।

टिप्पणीहरू