नपत्याउँदो खोलाले बगाउने खतरा !

विभिन्न घटनाक्रम, गतिविधि र आर्थिक पक्षलाई केलाएर हेर्दा देखिन्छ कि, मधेस विखण्डनका अभियन्ता सिके राउतको पक्षमा नजानिँदो किसिमले युवाहरूको आकर्षण बढ्दो छ ।

अहिले उनको पक्षमा मोरङदेखि कैलालीसम्मका युवाहरू मर्न/मार्न तयार भएर लागेका छन् । मधेसी दलबाट फ्रस्टेटेड मास पनि त्यतैतिर आकर्षित भएको देखिन्छ । त्यससँगै उनलाई राम्रो आर्थिक सहयोग जुटिरहेको छ । 

जस्तो कि प्रदेशसभा निर्वाचनभरि १ नं. बाट मधेसवादी दलले मोरङमा जम्मा एक सिट (जयराम यादव) जितेको हो । त्यहीँ असोज ३ गते संविधानको विरोधमा कालो दिवस मनाइयो । राजपासहित मधेसवादी दलका नेता–कार्यकर्ता जुटे । महामन्त्री भइसकेका मान्छेहरूसमेत सहभागी हुँदा पनि विराटनगर बजारमा उनीहरूले ५० जना पु¥याउन सकेनन् । तर, त्यही छेउकै डाइनियामा सिकेले पाँच हजारको भेला गरे । आठ जना समातिए । आठमा एकजना रमितामात्र हेर्न गएका पर्नाले छुटे । समातिएका सात जनालाई रिहा गर्न जिल्ला प्रशासन कार्यालयले धरौटी तोक्ला भनेर तत्कालै अढाइ लाख रुपैयाँ जुटिसकेको छ । न पूर्वसूचना, न तयारी नै । भन्नेबित्तिकै कसरी आउँछ अढाई–अढाई लाख ? वीरगञ्जमा पनि लेखक सिकेलालहरू गएर प्रतिकात्मक रुपमा संविधान जलाए । जनकपुरको प्रदर्शनमा ३० वर्षभन्दा कम उमेरका मान्छे मज्जैले सहभागी भए । त्यही बेला तत्कालीन एमालेसम्बद्ध प्रेस चौतारीकी पूर्वकेन्द्रीय सदस्य गुञ्जा रायले फेसबुकमा त्यससम्बन्धी समाचार शेयर गरेको नाममा करारको जागिर खाइरहेको जिल्ला अदालतबाट निकालिनु परेको छ । सिके राउतको कार्यक्रमको अनुगमन गर्ने नाममा विदेशी पत्रकार ? को पनि ओइरो लाग्ने गरेको छ । त्यसदिन पूर्वमा सिराहाको मिर्चैया र पश्चिम ढल्केबरमा सडक अवरोध गरिएको थियो ।

जबकि त्यो यातायात हडतालको बेला थियो । र, पनि मान्छेहरू गए । त्यही सभामा सिके राउत छापामार शैलीमा झुक्किएर भाषण गरे । यस्ता गतिविधि नियन्त्रणका नाममा गरिने ज्यादतीबाट समाधान हुँदैनन् । सिके अहिले आर्थिक रुपमा पनि सवल देखिएका छन् । पोष्टर, पर्चा, झण्डाको भरमार छ । मधेसी दलहरूले पनि आफ्नो जनाधार खोसियो भनेर सचेत हुनुपर्ने बेला आएको छ । असोज ३ गते नै मधेसवादी दलले जनकपुरमा कार्यक्रम राखेका थिए । तर, उनीहरूको कार्यक्रमका लागि पुगेका मानिसहरू सिके राउततिर सोहोरिए । समातेर के गर्ने ? सिके राउत तीन चोटि समातिएर अदालतबाट छुटेका छन् । 

फेरि राजपाका नेताहरू उनै सिकेलाई देखाएर सरकारलाई तर्साइरहेका छन् । महन्थ ठाकुरले वीरगञ्जमा भाषणै गरे, ‘मधेसको आवाजलाई सुनिएन भने देश विखण्डनतिर जान्छ ।’ अर्थात्, सिके बलियो हुन्छन् ।

सिकेका सेकेण्डम्यान नवलपरासीका कैलाश महतो हुन् । हेर्दा अत्यन्तै सामान्य, नपत्याउँदा । तर, नपत्याइएकै खोलाले बगाउँछ † सिकेको घोषित नीति नै छ, देश टुक्र्याउने । जनकपुरमा डेरा छ । भदौ १७ गते पटना गए । अर्थात्, निर्विघ्न विखण्डनको गतिविधिमा हिँड्डुल जारी छ । त्यसमाथि २ नं. प्रदेश सरकारले आफ्नो माग पूरा गराउन उनैलाई हतियार बनाइरहेको देखिन्छ । नभुलौं, शुरुमा माओवादी जनयुद्धले विकराल रुप लेला भन्ने कसैलाई अनुमानसम्म पनि थिएन ।

टिप्पणीहरू