लागूऔषधसहित एक पक्राउ

लागूऔषधसहित एक पक्राउ

प्रदेश नम्वर १ को राजधानी बिराटनगरमा दिनपिच्छे जस्तो एक जना लागूऔषधका कारोबारी फेला पर्ने गरेका छन । प्रहरीले हिजो पनि मोरङको बिराटनगर महानगरपालिका १५मा रहेको १ नम्बर ढाटबाट लागूऔषधसहित एक पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा नगरपालिका १ हिलेका २३ बर्षीय विवेक तामाङ रहेका छन् । उनलाई हिजो बेलुका लागूऔषध लुपिजेसिक ९, डाईजाल्याब ९, एभिल ९ र फेनारगन ९ एम्पुलसहित पक्राउ गरेको हो ।

तामाङलाई लागूऔषध नियन्त्रण व्यूरो विराटनगरले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय रानीले तामाङबारे थप अनुसन्धान भईरेहेको जनाएको छ ।

टिप्पणीहरू