प्रचण्ड नगए पनि घरबेटी नारायणघाटमा झुलुक्क

प्रचण्ड नगए पनि घरबेटी नारायणघाटमा झुलुक्क

एमाले महाधिवेशनमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी नहुने हुनुभएको छ । तर प्रचण्ड अनुपस्थित भए पनि उहाँका घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारी भने हिजैदेखि चितवनमा देखिएका छन् ।

अस्तिदेखि चितवनमा भीडभाड बढेको,आवतजावतमा समस्या हुँदाहुँदै उनी काम विशेषले चितवन गएको भन्न नमिल्ने अधिकारीलाई नजिकबाट चिन्नेहरु बताउँछन् । तर उनी हिजो केहीबेर एमाले महाधिवेशनका प्रतिनिधि तथा केही नेताहरुसँग हिँडेको देखिएको बताउनेहरु पनि छन् ।

‘उनी काम विशेषले यतिखेर चितवन जानुपर्ने अवस्था देखिँदैन । अस्तिदेखिको भीडभाड भोलि शनिबार भएकाले सरकारी काम र बिल भरपाई बोकेर गएका हुन् भन्न समेत नमिल्ने अवस्था रहेको,’ अधिकारी निकटस्थ माओवादी केन्द्रका एक जना नेता बताउँछन् ।

उता, एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाबाट मार्सी अर्थात् दुर्गा प्रसाईं प्रतिनिधि बनेर चितवन पुगेका छन् । ‘झापाबाट मार्सीले पाए तर हामी जस्ता पोखरेलीलाई भागै दिइएन,’ पोखरेल थरका झापाका एक जना पुराना एमाले कार्यकर्ताले दुःखेसो पोखे ।

टिप्पणीहरू