एमालेको गेट ढल्यो,काँग्रेसका कार्यकर्ता ढले « Jana Aastha News Online
Logo
२१ मंसिर २०७८, मंगलवार
|  Tue Dec 7 2021

एमालेको गेट ढल्यो,काँग्रेसका कार्यकर्ता ढले

प्रकाशित मिति :  १० मंसिर २०७८, शुक्रबार ०९:३०


एमालेको आज अपरान्हदेखि चितवनमा शुरु हुन लागेको दशौं राष्ट्रिय महाधिवेशनको लागि निर्मित एउटा स्वागतद्वार ढलेको छ । हिजो साँझ ढलेको उक्त गेटका कारण राति अबेरसम्म चितवनको यातायात अवरुद्ध भएको थियो ।

नारायगणघाटको नारायणी किनारमा उद्घाटन र सौराहामा बन्द सत्र हुने एमाले महाधिवेशनको स्वागतद्वार अकस्मात ढलेको हो । औपचारिक रुपमा उद्घाटन अघि नै सौराहाको हात्तीचोकमा बनाइएको सहायक स्वागतद्वार भत्किनुको कारण हतारको कमजोर काम हुनसक्ने बताइन्छ ।

उता, नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि चयन जिल्लाको क्षेत्रीय अधिवेशनको क्रममा कार्यकर्ताबीच मुक्का हानाहान हुँदा चार जना ढलेका छन् । दार्चुलाको मतगणनास्थलमा बोहोरा र धामी पक्षबीच हिजो झडप भएको थियो । दोहोरो हानाहानमा चार जना घाइते भएका छन् ।

काँग्रेसले पनि यहि मंसिरमै १४ औं महाधिवेशन गर्ने भनेको छ । तर, अहिलेसम्म अन्तिम निर्क्यौल हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !