आज साँझसम्म कति पुगे नारायणघाट ?

आज साँझसम्म कति पुगे नारायणघाट ?

भोलिदेखि चितवनमा शुरु हुने एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन सबैतिरबाट प्रतिनिधिहरु नारायणगढ पुग्न थालेका छन् । टाढा जिल्लाका प्रतिनिधि आज बिहानदेखि हिँडेका छन् भने वरिपरि जिल्लाका प्रतिनिधि कतिपय भोलि बिहानसम्म हिँड्ने तरखरमा देखिएका छन् ।

राजधानी काठमाडौं उपत्यकाका तीन जिल्लालगायत वरिपरिका काभ्रेपलाञ्चोक,सिन्धुपाल्चोक, दोलखा,रामेछाप,नुवाकोट,रसुवा र धादिङका महाधिवेशन प्रतिनिधिहरु आज बिहानदेखि नारायणगढ जान थालेका हुन् ।

ट्राफिक प्रहरीका अनुसार आज बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म थानकोट भएर महाधिवेशन प्रतिनिधिहरु पाँच सयभन्दा बढी सवारी साधनबाट बाहिरिएका छन् । जसमा २ सय ४० वटा बस,१ सय ५ वटा ठूलो माइक्रोबस र कार तथा जीप २ सय २३ वटा छन् ।

बसमा १ हजार ९ सय ५० जना महिला र ५ हजार ६ सय ७४ जना पुरुष, माइक्रोबसमा ४ सय २१ जना महिला र ११ सय ३५ जना पुरुष तथा कार र जीपमा २ सय ७१ जना महिला एवम् ८ सय ३५ जना गरी २ हजार ६ सय ४२ जना महिला र ७ हजार ६ सय ४४ जना पुरुष कूल १० हजार २ सय ८६ जना त्यसतर्फ गएको बताइएको छ ।

टिप्पणीहरू