दशैंमा दुःख छ हजुर दुःख

छन त कसैले हल्लाउन नसक्ने बहुमत यही सरकारसँग छ । तर, यस्तो सुविधाजनक बहुमतमा पनि दुःख रहेछ ।

गत हप्ता व्यवसायी र पूर्वी तराईका केही सर्वसाधारणमार्फत यातायात क्षेत्रमा हड्ताल आतंक चल्यो । सरकारलाई उसकै च्यानलका अधिकारीबाट भनियो, ‘चक्का जामका नाममा आमजनताको दशैं अस्तव्यस्त बनाउने, सिण्डिकेट तोडेको रिस पनि यसैबाट पोख्ने, यही विषयबाट सरकार जनविरोधी छ, जनताको सुविधालाई कुण्ठित पार्दैछ भनेर बद्नाम गर्ने खेल हुँदैछ †’ हुन पनि, पहिला–पहिला एक महिनाअघि नै खुल्ने टिकट बुकिङ दशैं शुरु हुन दुई सातामात्र बाँकी हुँदा पनि के हो, कसो हो को अवस्थामा छ । एक किसिमको आक्रोश त पैदा भइसकेको छ । गोविन्द केसीको अनसन तोडाउन ढिलाई गरिएको शैलीमा यातायात व्यवसायीलाई व्यवहार गर्ने हो भने जनता प्रत्यक्ष प्रभावित हुने खतरा देखियो । यस्तो ‘इमोशनल ब्ल्याकमेलिङ’ मा परेपछि सोधियो, ‘उपाय के छ ?’ भनियो, ‘भाडा बढाउने ।’

यसरी दशैंछेको सार्वजनिक यातायातले साविकको भाडादरमा १० प्रतिशत बृद्धि गरेका छन् । सरकारले बिनाकुनै आनाकानी स्वीकृति दिएको छ, ‘इमोशनल ब्ल्याकमेलिङ’ कै कारण । यसबीच पाँच पटक इन्धनको भाऊ बढिसक्यो । भन्सार महसुल र पार्टपुर्जाको भाउ पनि त्यस्तै । यातायात व्यवसायी महासंघले २३ प्रतिशतले भाडादर बढाउन माग गरेको थियो । सरकारले १० प्रतिशतसम्मका लागि स्वीकृति दिएको छ । महासंघमा सबैजसो कांग्रेसनिकट व्यवसायी छन् । केही वामपन्थी त छन्, तर हैसियत बिहीन अवस्थामा यसरी तिनै व्यवसायी देखाएर सरकारलाई अप्ठेरोमा पार्न खोजिएको थियो ।
त्यसमाथि सवारीको चाप कति बढेको छ भने, गत आर्थिक वर्ष मात्र ७७ अर्बभन्दा बढीको गाडी र तिनका पार्टपुर्जा भित्रियो । यो आयातदर अघिल्लो आर्थिक वर्षको तुलनामा साढे पाँच प्रतिशतले बढी हो । अघिल्लो चोटी त्यही अवधिमा ७३ अरब ७३ करोड पाँच लाख चार हजार रुपैयाँ बराबरको आयात भएको थियो । उता, पोहोर नै नेपालमा ३०६ दशमलव ३३ प्रतिशतले सवारी साधनको बृद्धि भयो । गत आर्थिक वर्ष त्यो रफ्तार झनै बढेको रहेछ । यसमध्ये सार्वजनिक सवारी साधनको संख्या बढी छ । अहिले हाम्रो सडकमा २८ लाख भन्दा बढी सवारी साधन गुडिरहेका छन् । केही नयाँ बाटो खुलेका छन् । केही खुल्ने क्रममा छन् । त्यसमाथि यातायातको सिण्डिकेट तोडिँदा सार्वजनिक यातायात खरिदकर्ताहरू उत्साहित भएको अवस्था छ । अनि, यही झुण्डले दशैंको मुखमा सरकारलाई थिचेको भए कस्तो अरिंगालले टोकाउनुपथ्र्यो होला ?

टिप्पणीहरू