एकीकरणपछि एमालेको त्यो ऐतिहासिक बैठकमा के–के भए ?

एकीकरणपछि एमालेको त्यो ऐतिहासिक बैठकमा के–के भए ?

केन्द्रीय संगठन समितिको बैठक
(९ जेठ, २०४८)

बैठकका विषयहरू  :

१) राष्ट्रिय सभाका सदस्यहरूको चुनाव गर्ने सम्बन्धमा
२) कार्य विभाजन
३) संसदीय बोर्डका सम्बन्धमा
क) नेताको चुनाव
ख) संसदीय बोर्ड चुनाव
४) विभिन्न संस्थानहरूमा गरिएका राजनीतिक नियुक्तिहरूका सम्बन्धमा
५) पार्टी अनुशासन तोड्ने व्यक्तिहरूका सम्बन्धमा
६) चुनावपछि भएका गुण्डागर्दी तथा आतंकका सम्बन्धमा

राष्ट्रिय सभाका सदस्यहरू

१) माधवकुमार नेपाल
२) बलराम उपाध्याय
३) सीता पौडेल
४) गोल्छे सार्की (उत्पीडित जातिबाट)
५) भोला साह (तराईवासीबाट)
६) महेश चौधरी (तराईवासीबाट)
७) अष्टलक्ष्मी शाक्य (महिलाबाट)
८) सिद्धिनाथ ज्ञवाली
९) बद्रिप्रसाद खतिवडा
१०) डा. भरत प्रधान
११) सुभाष नेम्वाङ
१२) प्रदीप नेपाल
१३) गोपाल शाक्य
१४) अश्वघोष (भिक्षु)
१५) सुदूरपश्चिमबाट दुई जना
१६) अर्थशास्त्रीबाट एक जना
१७) हरि पाण्डे (उद्योगपतिबाट)
१८) बुद्धिजीवीबाट एक जना
१९) रघु पन्त
२०) गोविन्द वियोगी

केन्द्रीय संगठन समितिका सदस्यहरूको कार्यविभाजन

मेची– आरके मैनाली
कोशी– प्रभुनारायण चौधरी
सगरमाथा– अशोक राई
जनकपुर– ईश्वर पोखरेल
नारायणी– नरबहादुर खाँण
बाग्मती– सिद्धिलाल सिंह
गण्डकी– वाचस्पति देवकोटा
धौलागिरि– तिलक पराजुली
लुम्बिनी– जीवराज आश्रित
राप्ती– युवराज ज्ञवाली
भेरी– ….
कर्णाली– सुरेन्द्र पाण्डे
सेती– गोविन्द ज्ञवाली
महाकाली– विष्णु पौडेल

भारत प्रवास– हाल संगठन मिलान गर्न क. सिपी र क. बिआर जाने, अरु निर्णय पछि गर्ने ।

केन्द्रीय विभागहरू

किसान – अमृत बोहरा र बलराम उपाध्याय
मजदुर – मुकुन्द न्यौपाने र मोहनचन्द्र अधिकारी
महिला – सहाना प्रधान
युवा, विद्यार्थी, शिक्षक – केपी ओली
साहित्य, संस्कृति – मोदनाथ प्रश्रित
केन्द्रीय कार्यालय – माधव नेपाल, केशरमणि पोखरेल
संगठन – सिपी मैनाली
आर्थिक – माधव नेपाल
संसदीय मोर्चा – भरतमोहन अधिकारी
विदेश विभाग – माधव नेपाल
प्रचार– प्रकाशन – झलनाथ खनाल र कमल कोइराला
बुद्धिजीवी – सिपी मैनाली
कर्मचारी – झलनाथ खनाल
पार्टी स्कुल – मदन भण्डारी
भूपू सैनिक – अशोक राई
(क. युवराज ज्ञवाली, क. सुरेन्द्र पाण्डे र क. विष्णु पौडेललाई केन्द्रीय संगठन समितिको वैकल्पिक सदस्यमा पदोन्नति गर्ने)

संसदीय ब्युरो

क. मनमोहन अधिकारी
क. मदन भण्डारी
क. माधव नेपाल
क. भरतमोहन अधिकारी
संसदीय दलको नेता – क. मनमोहन अधिकारी

संसदीय बोर्ड
१) मनमोहन अधिकारी – अध्यक्ष
२) मदन भण्डारी
३) भरतमोहन अधिकारी – सदस्य सचिव
४) झलनाथ खनाल
५) सिपी मैनाली
६) खड्ग ओली
७) राधाकृष्ण मैनाली
८) अमृत बोहरा
९) सहाना प्रधान
१०) वामदेव गौतम
११) सिद्धिलाल सिंह
१२) अशोक राई
१३) मुकुन्द न्यौपाने
१४) सलिम मियाँ अन्सारी
१५) सुवाष नेम्वाङ
१६) अर्थशास्त्री
१७) माधव नेपाल
१८) बलराम उपाध्याय

प्रस्तावहरू पारित गर्ने सम्बन्धमा

१) राजीव गान्धीको हत्याका बारेमा
२) श्रीपाद अमृत डाँगेको मृत्युको बारेमा
३) हामीलाई मत दिने जनता, मतदानमा भाग लिने जनता तथा राम्ररी निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने कर्मचारीहरूलाई धन्यवाद प्रस्ताव
चुनावपछि भएका गुण्डागर्दी तथा आतंकका सम्बन्धमा
यस सम्बन्धमा केन्द्रीय संगठन समितिको तर्फबाट वक्तव्य दिने र नेकाको नेतृत्वसँग वार्ता गर्ने ।पार्टी सदस्यताबाट कारवाहीमा परेका व्यक्तिहरू

१) भीम सेढाइँ – उदयपुर क्षेत्र नं. १
२) शैलेन्द्र राई – सिन्धुली क्षेत्र नं. १
३) बोधराज काफ्ले – सिन्धुली क्षेत्र नं. २
४) रामप्रसाद चौधरी – सप्तरी क्षेत्र नं. २
५) महेन्द्रमान व्यथित – स्याङ्जा क्षेत्र नं. १
६) देवराज लामा – काभ्रे क्षेत्र नं. १
७) राजेन्द्र सापकोटा – गुल्मी क्षेत्र नं. १
८) धु्रव रुपाखेती – कपिलवस्तु क्षेत्र नं. ४
९) दिनेश श्रेष्ठ – बर्दिया क्षेत्र नं. २
१०) लक्षमण श्रेष्ठ – रामेछाप क्षेत्र नं. १
स्पष्टीकरण माग्ने व्यक्तिहरू
१) एकराज पाण्डे
२) शरणविक्रम मल्ल
३) लोकनारायण सुवेदी

माथि उल्लिखित ३ जनालाई चार्जसिटसहित स्पष्टीकरण माग्ने । कारवाहीको टुंगो नलागुञ्जेल उहाँहरूले आफ्नो जिम्मेवारीको हैसियतले काम गर्न नपाउने । यो सूचना पनि चार्जसिटसहित दिने ।

टिप्पणीहरू