जंगीअड्डामा भारतीय ट्रकको लाइन

जंगीअड्डामा भारतीय ट्रकको लाइन

भारतीय सेनाले उपलब्ध गराएको पाँचवटा वर्कशप ट्रक आज सेनाको मुख्यालय,भद्रकालीमा हस्तान्तरण गरिएको छ ।

भारतीय दूतावासका रक्षा सहचारी कर्णेल अमित शर्माले आफ्नो देशको तर्फबाट उक्त वर्कशप ट्रक नेपाली सेनाका सहायक रथी कृष्णदेव भट्टलाई हस्तान्तरण गरेका हुन् ।

कम्प्याक्ट मोबाइल वर्कशपको रुपमा काम गर्ने ती वर्कशप ट्रकहरूले नेपाली सेनाको सवारी साधनको सहज र निर्वाध कार्यक्षमता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

टिप्पणीहरू