नारायणगढमा एमाले महाधिवेशन, गैंडाकोटमा विद्यालय बन्द

नारायणगढमा एमाले महाधिवेशन, गैंडाकोटमा विद्यालय बन्द

एमाले महाधिवेशनका कारण भोलि नारायणी पश्चिम गैंडाकोटको विद्यालय बन्द गरिने भएको छ । नारायणगढको बगरमा भोलि दिउँसो एमालेको दशौं महाधिवेशन उद्घाटन हुँदैछ ।

महाधिवेशनको कारण गैंडाकोटको ट्राफिक व्यवस्था अस्तव्यस्त हुने भएकाले गैंडाकोट इंगलिस स्कुलले विद्यालय पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

स्कुलले अभिभावकहरुलाई आज पठाएको सूचनामा भनिएको छ, ‘मंसिर १० गते नेकपा एमाले महाधिवेशनको कारणले ट्राफिक व्यवस्था अस्तव्यस्त भई यातायातको साधन सञ्चालन गर्न नसकिने अवस्था सृजना हुने अवस्था देखिएकाले भोलि एक दिन सम्पूर्ण पठनपाठन बन्द गरी आगामी दिनमा प्राप्त हुने कुनै सार्वजनिक बिदाको दिनमा पठनपाठन गर्ने निर्णय भएकाले सोहीबमोजिम गर्नुहुन अनुरोध गर्दछौं ।’

टिप्पणीहरू