आज पनि संक्रमित ३ सयबढी, ३ जना बिते

आज पनि संक्रमित ३ सयबढी, ३ जना बिते

आज मुलुकभर तीन सय आठ जना कोरोना संक्रमित थपिएका छन् । सात हजार एक सय चार जनामा पीसीआर तथा एक हजार आठ सय पाँच जनामा एन्टिजेन गरी आठ हजार नौ सय नौ जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज दुई सय ९८ जना संक्रमणमुक्त भएका छन् । तीन जनाले संक्रमणको कारण ज्यान गुमाउनु परेको छ । मुलुकभर अझै सात हजार तीन सय ४९ जना सक्रिय संक्रमित छन् ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय १६ पुगेको छ । हाल काठमाडौंमा छ सय ६८ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा चार सय ८२ र ललितपुरमा पाँच सय ५२ जना संक्रमित छन् ।

टिप्पणीहरू