काठमाडौंका २ वटा कपडा पसललाई ९० हजार जरिवाना

काठमाडौंका २ वटा कपडा पसललाई ९० हजार जरिवाना

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंका दुई वटा व्यावसायिक कपडा पसललाई ठाउँको ठाउँ जरिवाना तिराएको छ ।

विभागले बजार अनुगमनका क्रममा त्रुटी भेटिएपछि गुरुकृपा साडी कलेक्सनलाई २० हजार र एभरेष्ट मर्चेण्ट ट्रेडर्सलाई ७० हजार रुपैयाँ जरिवाना तिराएको हो ।

विभागको विशेष संयुक्त बजार अनुगमन कार्यतालिका र प्राप्त उजुरीका आधारमा खटिएको टोलीले उनीहरुलाई तत्काल जरिवाना गराएको बताइएको छ ।

टिप्पणीहरू