नेकपा एकीकृत समाजवादीको मित्रपार्कको भेलामा को को उपस्थित ?

नेकपा एकीकृत समाजवादीको मित्रपार्कको भेलामा को को उपस्थित ?

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को भातृ संगठनले आज चाबहिल, मित्रपार्कमा भेला बोलाएको छ । पार्टीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले भेला र पत्रकार सम्मेलन गरेको हो ।

कार्यक्रम एकीकृत समाजवादी स्थायी समिति सदस्य गोविन्द प्रसाद कोइरालाको अध्यक्षता र उपाध्यक्ष तथा बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख अतिथ्यतामा भएको हो ।

स्थायी समिति सदस्य सावित्रा भुसालको विशेष अतिथ्यता रहेको कार्यक्रममा केन्द्रीय सदस्य अम्बिका थापा, केन्द्रीय सल्लाहकार सदस्य धनबहादुर कार्की, केन्द्रीय सदस्य भवानी खड्का, सहकारी विभागका पूर्वरजिस्ट्रार सुदर्शन ढकाललगायतको उपस्थिति रहेको छ ।

टिप्पणीहरू