माधव नेपाल तराईमा व्यस्त

माधव नेपाल तराईमा व्यस्त

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सांगठनिक विस्तारमा व्यस्त हुनुभएको छ । उहाँ पछिल्ला दिनमा राजधानी बाहिरका जिल्लामा आयोजित पार्टी बैठक,कमिटी गठन, पार्टी प्रवेश कार्यक्रममा निरन्तर सहभागी हुनुभएको छ ।

यसबीचमा उहाँ सुदूरपश्चिमको दार्चुला,डडेलधुरा,डोटी,बैतडी, कैलालीदेखि चितवन हुँदै पूर्वका बिराटनगर,झापासम्मका कार्यक्रममा सहभागी भइसक्नुभएको छ । पछिल्ला दिनमा उहाँ मध्य तराईका जिल्लामा केन्द्रित हुनुभएको हो ।अस्ति मंगलबार धनुषामा आयोजित नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश र जिल्ला भेलामा उहाँ प्रमुख अतिथि हुनुहुन्थ्यो । भोलिपल्ट हिजो सिरहाको लहानमा पनि पार्टी प्रवेश र जिल्ला भेलाको कार्यक्रम राखिएको थियो । दुवै जिल्लाका कार्यक्रममा पार्टी कार्यकर्ता र शुभेच्छुकको बाक्लो उपस्थिति रहेको बताइन्छ ।

टिप्पणीहरू