राष्ट्रपतिको कार्यक्रमअघि सिडियो कार्यालयमा बैठक

राष्ट्रपतिको कार्यक्रमअघि सिडियो कार्यालयमा बैठक

राष्ट्रपति विद्यादेवी भण्डारी महालेखापरीक्षकको नवनिर्मित भवन उद्घाटनको लागि अहिले अनामनगर पुग्नुभएको छ । राष्ट्रपतिको आजको कार्यक्रमलाई कसरी सुरक्षित तुल्याउने भन्दै हिजो काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बैठक बसेको थियो ।

हिजो प्रजिअ गोविन्दप्रसाद रिजालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो । निर्णयको दोस्रो बुँदामा भनिएको छ, ‘आज दिउँसो २ बजे राष्ट्रपतिज्यूले महालेखा परीक्षकको नवनिर्मित कार्यालयको उद्घाटन र बिहान ९ बजे प्रधानमन्त्रीज्यूले सशस्त्र प्रहरी बलको प्रशिक्षण प्रतिष्ठान,मातातीर्थमा आयोजना हुने दीक्षान्त समारोहमा भाग लिन जाँदा सवारी आवागमनमा अवरोध सिर्जना हुन नदिन तथा सवारी आवागमनलाई सहज बनाउने र त्रुटिरहित सुरक्षा व्यवस्था मिलाउने ।’

हिजैको बैठकको अन्तिम निर्णयमा भने, ‘जिल्लाको शान्ति सुरक्षाको स्थितिको समीक्षा गर्दा सामान्य रहेको महशुस गरियो,’ भनेर उल्लेख गरिएको छ ।

टिप्पणीहरू