नेपालको गरिबी हेर्न बिदेशी आउँदै

नेपालको गरिबी हेर्न बिदेशी आउँदै

चरम गरिबी र मानवअधिकारका लागि राष्ट्रसंघीय विशेष प्रतिवेदक ओलिभिय डे स्वतरले नेपाल भ्रमण गर्ने भएका छन् । गरिबी उन्मुलनका लागि सरकारले गरेका प्रयासहरूको मूल्यांकन गर्न आगामी सोमबारदेखि उनले ११ दिने भ्रमण गर्न लागेका हुन् ।

प्रतिवेदक डे स्वतर काठमाडौँ, कर्णाली तथा लुम्बिनी प्रदेशका साथै प्रदेश २ मा आयोजना हुने नीतिगत गोलमेच छलफल तथा बैठकहरूमा सहभागी हुने कार्यक्रम छ । भ्रमणका दौरान उनले केन्द्रीय तथा स्थानीय सरकारी पदाधिकारी, गरिबीबाट प्रभावित व्यक्ति र समुदायका साथै अन्तर्राष्ट्रिय र नागरिक समाजका संस्थाहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

सन् २०२४ सम्म गरिवीलाई थप ५० प्रतिशतले घटाउने र जनसङ्ख्याको ६० प्रतिशत जनतालाई कुनै प्रकारको सामाजिक सुरक्षाको दायरामा ल्याउने सरकारको प्रतिबद्धताको प्रगतिको समीक्षा गर्न नेपाल आउन लागेको डे स्वतरले बताएका छन् ।

टिप्पणीहरू