सिके राउत माटो बटुल्दै,२० जिल्ला घुम्दै

सिके राउत माटो बटुल्दै,२० जिल्ला घुम्दै

जनमत पार्टीका अध्यक्ष सीके राउत “जनमत माटो यात्रा’का लागि लुम्बिनीतर्फ लागेका छन् । भोलिबाट प्रारम्भ हुने मेची–महाकाली ‘जनमत माटो यात्रा’ का लागि राउत आज लुम्बिनीतर्फ निस्केका हुन् ।

त्यसअघि उनले पर्साको पोखरीमा आयोजित सभालाई सम्बोधन गरेका थिए । मधेशको २० जिल्लाका सबै स्थानीय तहको माटो संकलन गरेर ‘मधेश एकता उद्यान’ निर्माण गर्ने पार्टीको निर्णयअनुसार राउतको नेतृत्वमा ‘जनमत माटो यात्रा’ शुरु हुन लागेको हो ।

यात्रामा निस्केका राउतलाई हिजो जनकपुरस्थित पार्टी सचिवालयमा नेता-कार्यकर्ताले विदाइ गरेका थिए ।

टिप्पणीहरू