बैतडीमा मेला मनाउन २ दिन बिदा

बैतडीमा मेला मनाउन २ दिन बिदा

बैतडीको पञ्चेश्वर गाउँपालिकाले आज र भोलि दुई दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले धुरा मेलाको उपलक्ष्यमा दुई दिन सार्वजनिक बिदा दिएको हो ।

गाउँपालिकाले जारी गरेको सूचनामा स्थानीय धुरा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको उल्लेख छ । स्थानीय बिदाबाट कट्टी हुने गरेर दुई दिन बिदा दिइएको बताइएको छ ।

यसअघि मंसिर पहिलो साता जात्राकै लागि जिल्लाको दशरथचन्द नगरपालिकाले एक दिन र मेलौली नगरपालिकाले दुई दिन बिदा दिएका थिए ।

टिप्पणीहरू