​बलात्कार काण्डको अर्को विवरण

निर्मला पन्त र बलात्कार र हत्या प्रकरणमा अनेकांै व्यक्तिमाथि अनुसन्धान गरिए पनि ठोस प्रमाण निस्कन सकेको छैन । आन्दोलनकारीको निकै शंकामा परेकी रोशनी बमका तीनवटै सिमकार्ड, फेसबुक हेर्दा खासै कैफियत भेटिएन । घटना भएको दिन साउन १० गते पाँचदेखि सातबजेसम्म ट्युसन पढ्न गएको देखिन्छ । जबकि निर्मला उनको घरबाट दुई बजे आसपास फर्केको बताइन्छ । उनलाई पढाउने शिक्षकलाई समेत बुझ्दा उनले ट्युसन पढेको देखिएको अनुसन्धान अधिकारीको भनाइ छ । उनका आठ सय कल हेरिएको थियो । 

अब आन्दोलनको अत्यन्तै फरक ढंगले नेतृत्व लिइरहेका बोगटी र साउद थरका केही युवाको समूहलाई अनुसन्धान दायरामा ल्याउनुपर्ने माग उठ्न थालेको छ । डिएनए टेस्टले बलात्कारमा दिलीपसिंह विष्ट संलग्न छैनन् भन्ने भए पनि उनले प्रहरीसँगको कुराकानीमा विश्वास लाग्ने गरेर मैले गरेको हुँ भन्ने बयान दिएका छन् । त्यसको भिडियो छ । उनको राम्रो चालचलनकै कारण अवधिभन्दा पहिल्यै ०७४ चैतमा सरकारबाट आममाफी पाएका हुन् । जबकि उनलाई केही मिडियाले पागल भनेका छन् । एक आफन्तसँग यौन सम्बन्धको विषयमा विवाद हुँदै गएपछि आफ्नै भिनाजु मारेर जेल गएका थिए । 

आठ वर्षदेखि एक जोर कपडासमेत नदिएर बेवास्ता गरेका निर्मलाका बुवाले भारत जानुअघि आठ हजार दिएर गएका थिए । निर्मला र सौतेनी आमाको धेरै पटक विवाद भएको थियो । निर्मलाका बुवामाथि कान्छी लिएर अलग्गै बस्दै आएको आरोप छ । पछिल्लो पटक आन्दोलनकर्मीको मागअनुसार एसपी, उनका छोरा र आयुस विष्टको डिएनए परीक्षण हुँदै छ । 

टिप्पणीहरू