हतियार बुझाउनेको यो हैसियत

काभ्रेमा जन्मिएका र हाल माइती नेपालछेउछाउ आलिशान भिल्ला बनाएर बसेका दामोदर थापा दुई वर्षदेखि शान्ति सेना निर्देशकको रुपमा कार्यरत छन् । २०४० सालको अन्त्यतिर २१ बेसिकमा अफिसर क्याडेट रहेका जर्साबको कामको मूल्यांकन हेर्ने हो भने तीन–चारचोटि कोर्टमार्शल गरी बर्खास्त हुनुपर्ने हो तर विभिन्न तिक्डम र चाकडी चाप्लुसीमा माहिर भएकाले शान्ति सेनामा बसेर बजेट दुरुपयोग गर्न भ्याए भने शान्तिसेनाको कोटा चार लाख रुपैयाँसम्ममा बिक्री गरी झण्डै तीन करोड कमाए ।

अहिले पाँचखालमा दोहोरिएर जान जर्साबले सिधै नाम पठाएका १० जनाजति तालिम गर्दै छन् । नयाँ सेनापतिले छानबिन गर्ने हिम्मत गरे, दूधको दूध पानीको पानी हुनेछ । २०६० सालमा समशेर दल गण डडेल्धुराको प्रमुख हुँदा उनले सेनाले खरिद गरेको विश्वकै राम्रो करिब तीन दर्जनजति अमेरिकी एम १६ राइफल विद्रोहीलाई बुझाएर गुण लगाएका थिए । त्यतिबेला विद्रोहीबीच हाम्रो एम १६ को कोट डडेल्धुरामा छ, आवश्यक परेको बेला कर्णेल दामोदर थापाले सजिलै उपलब्ध गराउँछ भन्ने उखान चर्चित थियो । तर, त्यत्रो हतियार बुझाउँदा पनि उनलाई कारवाही भएन । 

त्यस्तै भूपू तथा बहालवालाको अभिलेख राख्ने अड्डाको हाकिम भएर आएपछि आफ्नै लापरवाहीको कारण आगजनी भई धेरै कागजपत्र खरानी हुँदा पनि सेनापति छत्रमान गुरुङले बचाइदिए । छत्रमानपछि गौरवसमशेरले नाम सुन्न र अनुहार हेर्न पनि नचाहने दामोदर जर्साब राजेन्द्र क्षत्रीको पालामा शान्ति सेना निर्देशक भएर हालसम्म त्यहीं झण्डा गाडी बसेका छन् । नयाँ चिफले यस विषयमा छानबिन गर्छन् कि गर्दैनन् हेर्न बाँकी छ ।

– सुरेश थापा, नुवाकोट

टिप्पणीहरू