अदालतमा क्यान्सर सल्काएर सरकार धामी खोज्दै हिँडेको ओलीको आरोप

अदालतमा क्यान्सर सल्काएर सरकार धामी खोज्दै हिँडेको ओलीको आरोप

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यायलयमा देखिएको पछिल्लो विवादलाई क्यान्सर रोगको संज्ञा दिनुभएको छ । आज पार्टीको भातृ संगठन युवा संघ नेपालले आयोजना गरेको विचार गोष्ठी तथा साइबर सर्कल घोषणा कार्यक्रममा बोल्दै उहाँले सरकारले अदालतमा क्यान्सर सल्काइएको दावी गर्नुभएको हो ।

ओलीले पाँचदलीय गठबन्धनको सरकार आएपछि न्याय क्षेत्रमा क्यान्सर लागेको आरोप लगाउनुभयो । डाक्टर बोलाएर क्यान्सरको उपचार गर्नुपर्नेमा सरकारले धामी बोलाएर दुबो,अण्डालगायत राखी मन्साउन लागेको भन्दै उहाँले कटाक्षसमेत गर्नुभयो ।

उहाँले अदालतको क्यान्सर हटाउन डाक्टर र अप्रेशनको खाँचो भएको पनि बताउनुभयो ।

टिप्पणीहरू