आज अर्का राजदूत जंगीअड्डा पुगे

आज अर्का राजदूत जंगीअड्डा पुगे

प्रधानसेनापति प्रभुराम शर्मा र स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भोन क्यापेलर ओसवाल्डबीच आज शिष्टाचार भेटघाट भएको छ ।

जंंगीअड्डामा भएको भेटवार्तामा दुई पक्षबीच आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवम् प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास आफूले लिएको सेनाले जनाएको छ ।

टिप्पणीहरू