नेपालगञ्ज ल्याण्डबारे आरएनएसीको स्पष्टोक्ति

नेपालगञ्ज ल्याण्डबारे आरएनएसीको स्पष्टोक्ति

रुकुमको सल्ले विमानस्थलका लागि काठमाडौंबाट उडेको ट्वीनअटर जहाज नेपालगञ्जमा अवतरणका गरिएको सम्बन्धमा नेपाल वायुसेवा निगमले मुख खोलेको छ । निगमले नेपालगञ्ज अवतरण गराउनुपर्नेको कारण रहर नभएर बाध्यता भएको आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उसले रुकुम र नेपालगञ्ज जाने यात्रुलाई काठमाडौंमा राख्नुभन्दा नेपालगञ्जसम्म पुर्याएर रुकुम जानेलाई निगमको नियमअनुसार होटलमा राखी भोलिपल्ट बिहान रुकुम पुर्याउनुपर्ने अवस्था निगमको बाध्यता भएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘निगमको उक्त निर्णय उचित थियो ।’हिजो बिहान काठमाडौंबाट रुकुमतर्फ उडान तालिका तय भएको निगमको जहाज खराब मौसमका कारण समयमै उड्न नसकेपछि उडान रद्द गरिएको र मौसममा सुधार आएपछि दिउँसो सवा २ बजे पुनः उडान सञ्चालन गर्ने तयारी गरिएको निगमको स्पष्टिकरण छ ।

चालक दलका सदस्यको ड्युटी समय तोकिएको नियमभन्दा बाहिर पुग्ने भएपछि रुकुम पुगेर नेपालगञ्ज फर्किन असमर्थ हुने अवस्था देखिएपछि जहाजलाई नेपालगञ्जसम्म उडाउने निर्णयमा निगम पुगेको बताइएको छ ।

तर, काठमाडौंबाट जहाज उड्नुअघि नै यात्रुलाई कुन गन्तव्यको लागि उडान भएको भन्नेबारे जानकारी नगराइएको, बोर्डिङ पासमा रुकुम लेखिएकाले पनि निगमको उक्त भनाई चित्त बुझ्दो नभएको भनिएको छ ।

टिप्पणीहरू