कीर्तिपुरवासीलाई निःशुल्क रक्तसेवा

कीर्तिपुरवासीलाई निःशुल्क रक्तसेवा

कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटीबीच सम्झौता भएसँगै कीर्तिपुर नगरवासीले आवश्यकता परेको बखत उपचारको क्रममा निःशुल्क रगत पाउने भएका छन् । कीर्तिपुरवासीले रगत परीक्षण तथा रक्तथैलीको निम्ति कुनै पनि शुल्क तिर्नुपर्ने छैन ।

हिजोदेखि लागुभएको सम्झौतापत्रमा नगरपालिकाको तर्फबाट नगरप्रमुख रमेश महर्जन, उपप्रमुख सरस्वती रिजाल खड्का र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा तथा सोसाइटीका तर्फबाट अध्यक्ष नेत्रप्रसाद तिम्सिना, कार्यकारी निर्देशक उमेश ढकाल र केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतापछि काठमाडौँ उपत्यकामा निःशुल्क रगत उपलब्ध गराउने कीर्तिपुर पहिलो पालिका भएको छ । उक्त सेवा लिन स्थानीयले नगरपालिकाको स्थायी बासिन्दाको प्रमाणित सरकारी कागजात, नागरिकता, मतदाता परिचयपत्रको प्रतिलिपि पेश गर्नुपर्छ ।

टिप्पणीहरू