पाल्पामा सडक दिन रात बन्द

पाल्पामा सडक दिन रात बन्द

पाल्पा र गुल्मीको तानसेन–तम्घास सडकखण्ड आजदेखि दैनिक ११ घण्टा बन्द हुने भएको छ । तानसेन–रिडी–तम्घास सडकखण्डको पाल्पा जोर्ते भीर आसपासको क्षेत्रमा बाटो फराकिलो पार्न लागिएकाले आउँदो २२ गतेसम्म सडक दैनिक ११ घण्टा बन्द हुने भएको हो ।

बिहान ११ बजेदेखि ३ बजेसम्म र बेलुकी ९ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाले बताएको छ ।

तर सुरक्षा निकाय, एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारी साधन भने जुनसुकै बेला सञ्चालन हुने जनाइएको छ ।

टिप्पणीहरू