काठमाडौं महानगरभित्र आज र भोलि खोप लगाइने

काठमाडौं महानगरभित्र आज र भोलि खोप लगाइने

काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा कोभिडविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । महानगरपालिकाले आज र भोलि ३२ वटै वडामा खोप अभियान थाल्ने भएको छ ।

महानगरपालिकाले एस्ट्राजेनिका खोपको दोस्रो डोज र भेरोसेल खोपको पहिलो र दोस्रो डोज लगाउने जानकारी दिएको छ । १८ वर्ष माथिका सबै नागरिकले परिचयपत्र बोकेर बिहान १० देखि ४ बजेसम्म खोप केन्द्रमा गएर खोप लगाउन सक्नेछन् ।

पहिलो डोज लिएकाहरुले परिचयपत्र र दोस्रो डोज लिएकाहरुले खोपकार्ड अनिवार्य रुपमा लैजानु पर्नेछ । खोप केन्द्र सम्बन्धित वडामा यसअघि सञ्चालित खोप अभियान रहेको स्थानमा भएको बताइएको छ ।

टिप्पणीहरू