बालयौन दुराचारी आचार्य पक्राउ

बालयौन दुराचारी आचार्य पक्राउ

१३ वर्षकी बालिकालाई यौन दुव्र्यवहार गर्ने पुरुषलाई प्रहरीले पर्वतमा पक्राउ गरेको छ । सोमबार साँझपख २८ वर्षका विष्णु आचार्यले बालिकालाई फकाउँदै एकान्तमा लगेर आफ्नो मोबाइलमा रहेको अश्लिल भिडियो देखाएर यौन दुव्र्यवहार गरेका थिए ।

पर्वतको जलजला गाउँपालिका ४ का आचार्यले छोरीलाई यौन दुव्र्यवहार गरेको जाहेरी बालिकाका बुबाले प्रहरीमा दिएपछि सोही दिन साँझ उनलाई पक्रिएको बताइन्छ । हिजो जिल्ला अदालतमा पेश गरेपछि उनविरुद्ध बालयौन दुव्र्यवहार र दुरुपयोग सम्बन्धी मुद्दा दायर गर्न पाँच दिनको म्याद प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभएको छ ।

टिप्पणीहरू