भक्तपुरमा मानव कंकाल फेला पर्यो, आफन्तलाई सम्पर्क राख्न अनुरोध

भक्तपुरमा मानव कंकाल फेला पर्यो, आफन्तलाई सम्पर्क राख्न अनुरोध

भक्तपुरको चाँगुनारायण ९ ताथलीस्थित ठूलोपाखा सामुदायिक वनमा मानव कंकाल फेला परेको छ । महानगरीय प्रहरी वृत्त जगातीका अनुसार लप्सीको रुखको फेद नजिकै ५ फिट ६ इञ्चको मानव कंकाल फेला परेको हो । घटनास्थलको प्रकृतिअनुसार लप्सीको रुखको हाँगामा जुटको डोरीको पासो चुँडिएको अवस्थामा पाइएको छ ।

कंकालसँगै रुखको फेदमा एचपी इन्भेन्ट लेखेको कालो रंगको झोला फेला परेको छ । झोलासँगै नाम्लोको फित्ता रहेको,झोलाभित्र चेक सर्ट,चक्कु,प्लाष्टिकको फित्ता, बाँसको चोया,प्लाष्टिकमा प्याक गरी राखेको अवस्थामा रुद्राक्ष,दाँत माझ्ने ब्रस, प्रयोग गरेको मास्क, पत्रिकाको टुक्रा, १ जोर ४० नम्बरको खरानी रंगको गोल्डस्टार जुत्ता फेला परेको छ ।

प्रहरीका अनुसार सुप्रिम लेखेको सेतो टिसर्ट, गोल्ड ओरिजिनल लेखेको कालो ज्याकेट र खैरो रंगको पाइन्ट, पाइन्टको दाहिने गोजीमा लाइटर फेला परेको छ । अहिले कंकाल पोष्टमार्टमको लागि के.एम.सी. अस्पताल दुवाकोट पठाइएको छ ।

त्यसप्रकारको हुलिया भएका कोही कसैको नातेदार हराएको भए प्रहरीले तत्काल सम्पर्क राख्न अनुरोध गरेको छ । सम्पर्कको लागि महानगरीय प्रहरी परिसर,भक्तपुरको नम्बर ९८५१२९३१५०, ९८५१२९०९७६, महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरका प्रहरी नायवउपरीक्षक रामबहादुर के.सी ९८५१२८८६३३, महानगरीय प्रहरीवृत्त जगाती भक्तपुर ९८५१२८३०२८ नम्बरसमेत उपलब्ध गराइएको छ ।

टिप्पणीहरू