विप्लवका यस्तासम्म बाध्यता

विप्लवका यस्तासम्म बाध्यता

सशस्त्र संघर्ष गर्ने या संसदीय चुनावमा होम्मिने ? – यो यक्ष प्रश्नको टुंगोमा पुगि नसकेको विप्लव नेतृत्वको नेकपा र माओवादी केन्द्रबीच अहिल्यै एकता हुँदै छैन ।

आइतबार बिहान पार्टी नेता नारायणकाजी श्रेष्ठसँग भेट्न हात्तीवन पुगेका नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले २ घण्टाको कुराकानीमा राखेको मुख्य चासो हो, ओली सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनमा सहयोग हुनुपर्ने ।

सन्देश पौडेलसहित हात्तिवन पुगेका विप्लवले पार्टी एकताको प्रस्ताव आएको तर मुद्दामा कार्यगत एकता गर्दै गए पनि तत्काल एकता सम्भव नहुने बताए । विप्लवले निर्वाचनमा भाग लिने या सशस्त्र संघर्ष भन्नेबारे टुंगोमा पुगिनसकेको, छलफल जारी रहेको र वैचारिक, सांस्कृतिक र सांगठानिक कामहरू गर्दै जाने नीति रहेको जानकारी दिएका छन् ।

चुनावमा गएर राजनीतिक हस्तक्षेप गर्ने कि बहिष्कार गर्ने भन्नेमा विप्लवले स्पष्ट कुरा राखेनन् । उनी केपी ओली कम्युनिष्ट ब्राण्डबाट धेरै पर गइसकेको कुरामा स्पष्ट छन् । तर, प्रचण्डहरू पनि ठीक छैनन् भन्ने मान्यता राख्दछन् ।

विप्लवहरूको सबभन्दा अप्ठेरो के हो भने, अझै पनि देशका थुप्रै जेलमा उनको पार्टीका नेता-कार्यकर्ता बन्दी छन् ।

टिप्पणीहरू