भीम रावलले ओके भनेपछि केपी ओली ढुक्क

भीम रावलले ओके भनेपछि केपी ओली ढुक्क

एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा प्रयोग हुने विद्युतीय भोटिङ मेसिनको विश्वसनीयताप्रति आफू ढुक्क भएको बताउनुभएको छ । महाधिवेशनको सन्दर्भमा आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भोटिङ मेसिनप्रति आफू पूरै ढुक्क रहेको बताउनुभएको हो ।

ओलीले अध्यक्षमा उम्मेदवारी दिनुभएका उपाध्यक्ष भीम रावल ढुक्क भएकाले आफू पनि ढुक्क रहेको पनि बताउनुभयो । आफूले भोटिङ मेसिन नचलाएको भन्दै ओलीले भन्नुभयो, ‘भीम रावलजीले भोटिङ ओके छ भनेपछि म पनि ढुक्क छु ।’

एमालेको महाधिवेशन मङ्सिर १०, ११ र १२ गते चितवनमा हुँदैछ । नयाँ नेतृत्व चयनका लागि हुने महाधिवेशनमा एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याउन लागेको हो ।

टिप्पणीहरू