युद्धग्रस्त भूमिमा पहेँलपुर हलुवावेद

युद्धग्रस्त भूमिमा पहेँलपुर हलुवावेद

अहिले सिरियामा हलुवावेदको मौसम शुरु भएको छ । राजधानी दमास्कसको एउटा बगैंचामा किसानहरू रसिला र मीठो स्वादका हलुवावेद टिप्न व्यस्त देखिन्छन् ।

एक दशकदेखि आन्तरिक र वाह्य लडाईंको शिकार बनेको सिरियाको अर्थतन्त्र यसबीचमा डाँवाडोल भएको छ । लाखौं जनसंख्या छिमेकी देशहरुमा शरणार्थी जीवन बिताइरहेका छन् ।हालसम्म साढे तीन लाखभन्दा बढी नागरिकको ज्यान गइसकेको छ । तर पनि बाँचेकाले सास धान्नको लागि खेतीपाती गरेका छन् । नेपालमा पनि अहिले हलुवावेदको सिजन हो । तिहारदेखि नै नेपालमा हलुवावेदको प्रयोग हुन्छ ।

फोटो : सिन्ह्वा

टिप्पणीहरू