१ रुपैयाँ चन्दा कति उठ्यो ?

१ रुपैयाँ चन्दा कति उठ्यो ?

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको बिरोधमा संयुक्त विद्यार्थी संगठनले आयोजना गरेको एक रुपैयाँ चन्दा उठाउने कार्यक्रम सम्पन्न भएको छ । संगठनले आज रत्नपार्क स्थित शान्तिबाटिकामा एक रुपैया संकलन कार्यक्रमको आयोजना गरेको हो ।

आयल निगमलाई कमिशनस्वरुप एक रुपैयाँ प्रदान गर्ने भन्दै आयोजना गरिएको कार्यक्रममा मोहन वैद्य समूहका अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेल, विप्लव समूहका अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाही, अखिल छैठौंका अध्यक्ष देवेन्द्र कुँवर लगायतको उपस्थिति थियो ।

अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह र नेकपा एकीकृत समाजवादी निकट अखिलका अध्यक्ष सुदेश पराजुलीको भने कार्यक्रममा उपस्थिति थिएन ।

आज संकलित रकम आन्दोलनरत संयुक्त विद्यार्थी संगठनले भोलि बिहान निगमलाई बुझाउने बताएको छ ।

टिप्पणीहरू