सल्यानमा देउवा प्यानलका विष्ट विजयी, ५ मतले पुरी पराजित

सल्यानमा देउवा प्यानलका विष्ट विजयी, ५ मतले पुरी पराजित

नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको लागि सल्यानमा भएको चुनावी प्रतिस्पर्धामा सभापति पदमा केशबहादुर विष्ट पाँच मत अन्तरले विजयी भएका छन् । कुल १ हजार २ सय ३५ मतमध्ये विष्टले ६ सय १२ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी ध्रुवराज पुरीले ६ सय ७ पाएका छन् ।

त्यस्तै उपसभापति पदमा विष्ट प्यानलका सन्तोष केसी र पुरी प्यानलका चक्र देवकोटा विजयी भएका छन् । सचिवमा पुरी प्यानलबाट प्रकाश भण्डारी र विष्ट प्यानलबाट एकराज बुढाथोकी विजयी भएका छन ।

सहसचिवमा पुरी प्यानलबाट जनकराज गौतम र पदम बुढाथोकीले जित हात पारेका छन् । निर्वाचनमा जम्मा मत संख्या १२ सय ८० खसेकोमा उपसभापतिमा केसीले ६ सय २० मत ल्याएका छन् ।

टिप्पणीहरू