संक्रमित घटे पनि मृत्युदर उस्तै, आज ९ जना बिते

संक्रमित घटे पनि मृत्युदर उस्तै, आज ९ जना बिते

आज मुलुकभर तीन सय ५१ जना कोरोना संक्रमित थपिएका छन् । आठ हजार सात सय २९ जनामा पीसीआर तथा एक हजार चार सय ४५ जनामा एन्टिजेन गरी १० हजार एक सय ७४ जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज दुई सय ७३ जना संक्रमणमुक्त भएका छन् । नौ जनाले संक्रमणको कारण ज्यान गुमाउनु परेको छ । मुलुकभर अझै सात हजार तीन जना सक्रिय संक्रमित छन् ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय नौ पुगेको छ । हाल काठमाडौंमा पाँच सय ९० जना सक्रिय संक्रमित छन् । भक्तपुरमा चार सय ६७ र ललितपुरमा पाँच सय ५० जना संक्रमित रहेको बताइएको छ ।

टिप्पणीहरू