रजिष्ट्रेशन फाराम भर्न नछुटोस् : परीक्षा बोर्ड

रजिष्ट्रेशन फाराम भर्न नछुटोस् : परीक्षा बोर्ड

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन खुला गरेको छ । चालु शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि फाराम खुला गरिएको हो । भर्नाको आधारलाई पालना गरेर रेजिस्ट्रेशन फाराम भर्न आह्वान गरिएको छ ।

बोर्डका अनुसार आगामी पुस २१ गतेसम्म आवेदन फाराम भरेर रकम बुझाइ सक्नुपर्नेछ । बोर्डले फाराम शुल्क चार सय रुपैयाँ तोकेको छ । तोकिएको समयमा फाराम बुझाउन नसक्ने विद्यार्थीले दोब्बर शुल्क तिरेर पुस मसान्तभित्र बुझाउन सक्ने पनि जनाएको छ ।यस्तै सम्बन्धित विद्यालयले माघ ७ गतेभित्र बैंक भौचर र रजिष्ट्रेशन फाराम बोर्डको सम्बन्धित कार्यालयमा बुझाइ सक्नुपर्नेछ । कक्षा ११ को नयाँ पाठ्यक्रमअनुसारको विषय समूह, विषय कोडअनुरुप एक समूहबाट एक विषयमात्र अध्ययन गर्ने गरी फाराम भर्ने व्यवस्था मिलाउन बोर्डले निर्देशन दिएको छ ।

रजिष्ट्रेशन आवेदन फारामका साथ प्रधानाध्यापकबाट प्रमाणित गरिएको एसईईको ग्रेटसिटको प्रतिलिपि पनि संलग्न हुनुपर्र्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।

टिप्पणीहरू