कोभिडविरुद्ध खोप प्रमाणपत्रकाे नेपाल र भारतमा मान्यता

कोभिडविरुद्ध खोप प्रमाणपत्रकाे नेपाल र भारतमा मान्यता

नेपाल र भारतबीच कोरोना भाइरसविरुद्धको खोप प्रमाणपत्रको पारस्परिक मान्यता दिनेबारेमा सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज कोभिडविरुद्धको खोप प्रमाणपत्रको पारस्परिक मान्यताको लागि समझदारीपत्र आदानप्रदान भएको हो ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाको उपस्थितिमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिअनुसार नेपालमा खोप लगाएका व्यक्तिको खोपको प्रमाणपत्रलाई भारतले र भारतमा खोप लगाएका व्यक्तिको खोपको प्रमाणपत्रलाई नेपालले मान्यता दिने छन् । दुईमध्ये एक देशमा खोप लगाएको प्रमाणपत्र देखाएमा एक अर्का देशमा आवतजावत गर्न पाइन्छ ।

टिप्पणीहरू