अंगका कुरा, नजरका कुरा

अंगका कुरा, नजरका कुरा

– दर्शन शर्मा

‘मलाई तिम्रो एक चिज औधी मन प¥यो नि !’
बडो उत्साहित हुँदै प्रश्न आयो–‘के हो, भन्नु न, भनिहाल्नु ।’
‘अहिले रिसाएर बेलुनजस्तै फुल्नलाई किन भन्नु नि ?’

‘त्यही त होला नि, केटाहरूको नजर त्यहीँ पर्छ अनि गिद्धे नजर लगाउँछन् नि !’
‘हो हो, ठ्याक्कै अनुमान लगायौ तर तिमीले अनुमान लगाएको कुराचाहिँ तीन नम्बरमा मात्रै पर्छ ल !’
‘त्यसोभए के हो त ?’

‘मैले हेर्दा न तिमीले कपाल मिलाउनुपर्छ न त सल नै, अब तिमी नै भन ।’
‘सकिँन मैले ।’

‘डिम्पल हो, डिम्पल मलाई निकै मन पर्छ ।’ (ओइ डिम्पलवाली भन्दै गाला नेरै हात पु¥याएँ, नछुँदा पनि गाला रातो भयो ।)
‘बदमास मान्छे, हेर्नलाई मात्र पाइन्छ, छुन त पाइन्न । अब दुई नम्बर र तीन नम्बर पनि सुनिहालौं न त ?’
‘नरिसाउने भए मात्रै ?’
‘क्लिवभेज दुई नम्बर अनि तीन नम्बरचाहिँ त्यही हो ।’

‘हो साँच्चै किन किन डिम्पलले तान्छ, क्लिवभेजले अड्याउँछ अनि स्तनले डो¥याउँछ । न ठूलो न सानो । शरीरलाई सुहाउँदो, आँखालाई नबिझाउँदो ।’
‘ल ल भयो, महाशय धेरै बकबक हैन, वरपरकाले पनि तारो बनाइसके ।’
‘….तर कुरा भन त, मैले हरेक दिन तिमीलाई हेरिरहेको छु, तिमीले शुरुमा एक नम्बरमा त्यही भनेको अंक पनि हेरेको हुन्छु । तर, आज जति आकर्षक

कहिल्यै लागेन ?’
‘खै नजर राम्रो भयो कि ?’

‘त्यसो हैन, तिमीले आज अन्तरवस्त्रको छनोट राम्रो गर्दा राम्री देखियौ, बाहिरी कपडा मात्रै हैन भित्री कपडाले पनि मानिसलाई फरक देखाउँदो रहेछ ।’
‘तिमीलाई कस्तो पुरुष मन पर्छ नि ?’

‘पुटुस्स भुँडी नस्कियोस्, बस् यत्ति भए पुग्छ ।’
‘मात्र यत्ति ?’

‘छन त अरू पनि, मभन्दा अग्लो होस्, फराकिलो छाती होस्, विशाल हृदय होस्, समझदार होस्, अलिअलि गाँठ भएको, त्योभन्दा बढी आँट भएको यत्ति त हो ।’
‘उमेर नि ?’

‘उमेर त आखिर अंक न हो, अवश्य मेरो भन्दा अंक बढी नै होस्, कम भएका त भाइ हुन् नि, भाइलाई त के आँख मार्नु र ….’
(झुसे दाह्री पालेको निकै भएको थियो । कोरोना महामारीका कारण शैलुन बन्द थिए । घरमा भएको मेसिन पनि बिग्रिएको थियो । नयाँ किन्न पसलहरू पनि बन्द थिए । त्योभन्दा पनि चिरिच्याट्ट पर्ने जाँगर थिएन । निषेधाज्ञा खुले पनि साउन बारेको नाममा एक महिना थप दारी काटिएन । तीन महिनापछि दारी काटेर जाँदा त …..।)

‘के हो महाशय उमेर त ५–७ वर्ष नै पो घटाइएछ, अब केही दिन त भाइ नै भनौं कि कसो ?’

‘हुन्छ, महारानीको मर्जी ।’
‘ज्यानले पनि नयाँ लुगा पाएछ…’

(केटीले केटीहरूको मात्रै लगाइखुवाइको ख्याल गर्छन् भनेको त केटाहरूको पनि चियो चर्चो गर्ने रहेछन् नि ! साँच्चै त्यही दिन हो, नयाँ टिसर्ट लगाएको ।)
‘ज्यानको मात्रै के कुरा भो र शिरमा पनि …’
‘बाहिर मात्रै हैन भित्र पनि सबै नयाँ छन् ।’ (योचाहिँ मनमनै भनेँ)

साँच्चै पोशाकको काम शरीर ढाक्नु मात्रै हैन । व्यक्तित्व झल्काउनु पनि हो । लुगाले मानिसलाई भिन्दै देखाउँछ । त्यही मानिस हो, कहिले वा..ऊ लाग्छ, कहिले छ्या लाग्छ । यी सब पोशाककै कारणले । पोशाकले व्यक्तित्व र सुन्दरतामा निखार ल्याउँछ । पोशाक छानेर लगाउन सक्यो भने गज्जब देखिन्छ, जानिएन भने धोका पाइन्छ । शारीरिक बनावटअनुसारको पोशाक चयन गरेर लगाउँदा सकारात्मक ऊर्जा आएको हुन्छ । नजान्दा समस्या पारेको हुन्छ । सही पोशाकले मानिसलाई आकर्षक त देखाउँछ नै आत्मविश्वासी पनि बनाउँछ ।

कपडा किन्दा र लगाउँदा राम्रो देखिनका लागि मात्रै हैन । आफ्नो स्वास्थ्य पनि ख्याल गर्नु आवश्यक छ । छाती खराब हुने महिलाले आकर्षक देखिन्छु भनेर खुला किसिमको लुगा लगाउँदा यसले स्वास्थ्यमा थप जटिलता ल्याउन सक्छ । कपडा निर्धारण गर्ने पहिलो आधार भनेको आफ्नो शरीर हो । दोस्रोमा भूगोल र मौसम । तेस्रो कुरा पेशा पनि होला । पेशाअनुसारको ड्रेस निर्धारण गरिएको हुन्छ । यत्ति कुरा हुँदाहुँदै पनि कस्तो पोशाकमा रुचि छ, त्यसमा विकल्प भइहाल्छ ।

टिप्पणीहरू