काठमाडौँ छिर्ने सबैलाई खोप

काठमाडौँ छिर्ने सबैलाई खोप

काठमाडौँ उपत्यका छिर्ने र बाहिरिने मुख्य चार वटा नाकामा कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोंगबुमा आगामी एक महिनासम्म कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन हुने जनाएको हो ।

ती सबै केन्द्रमा भेरोसेल र एस्ट्राजेनिका खोप उपलब्ध हुनेछन् । हाल तय गरिएका खोप केन्द्रहरुमा बयोधा हस्पिटल बल्खु, जडीबुटी प्रशोधन केन्द्र, कोटेश्वर, गोंगबुको नयाँ बसपार्क र कलंकी चोक हुन् ।

मंसिर ५ गतेबाट शुरु गरिएको उक्त खोप कार्यक्रम आगामी पुस ५ गतेसम्म चल्ने मन्त्रालयले जानकारी गराएको छ । केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खोप लगाइने बताइएको छ ।

खोप लगाउन जाँदा आफ्नो उमेर खुल्ने परिचयपत्र लिएर जान मन्त्रालयले सम्बन्धित सबैलाई अनुरोध समेत गरेको छ ।

टिप्पणीहरू