हिमालतिर रमाउँदै नायिका सुरक्षा पन्त, डोल्पा पुगेर नाचिन मयुर नाच

हिमालतिर रमाउँदै नायिका सुरक्षा पन्त, डोल्पा पुगेर नाचिन मयुर नाच

नायिका सुरक्षा पन्त सामाजिक सञ्जाल फेसबुक चलाउन निकै सक्रिय देखिन्छन् । स–साना विषयहरु पनि सामाजिक सञ्जालमा राख्न रुचाउने उनी चाडपर्वको मौका छोपेर घुम्न निस्केकी थिइन् । दशैंअघि मनाङ गएको बेलामा उनले त्यहीँ एउटी युवतीसँग टाउको ठोकेर मित लगाएको भिडियो भाइरल बनको थियो ।

यस्तै, तिहार मान्न डोल्पा पुगेकी पन्तले अस्ति आइतबार नाचेको मयुर नृत्यको भिडियो फेसबुकमा राखेकी छन् । उनले भनेकी छन्, ‘आज चाँही त्रिपुरासुन्दरी नगरपालिका डोल्पामा इन्टरनेट पाएर मख्ख छु ।

रुकुमबाट तिहार मनाउन मयुर नाच लिएर घुम्दै आउनुभएका कलाकारहरुसँग मज्जाले नाचिएको पनि अनुभव पाइयो । नाच्दानाच्दै कसले आएर ढाका टोपी लगाइदिनुभयो पत्तै भएन । खुसी बाँढे बढ्छ के ।’

नायिका पन्तले पोष्ट गरेको उक्त भिडियोमा ५१ वटा प्रतिक्रिया आएका छन् । जसमध्ये एउटामा भनिएको छ, ‘मौलिकताले भरिएको राम्रो नेपाल, मौलिकताको अनुभव गर्न पाउनु सौभाग्य हो ।’

सोही दिन नायिका पन्तले भलिबल समेत खेलेको तस्बिर र भिडियो सार्वजनिक गरेकी छन् । उनले भलिबल खेलेको भिडियो तथा फोटो सार्वननिक गर्दै भलिबल गाउँतिर खुब खेलिने खेल भनेकी छन् । पन्तले जोशलाई होसमा अनि मलाई हामिमा परिणत गर्न राष्ट्रिय खेलमा सूचीकृत भलिबल खेल्नै पर्ने बताएकी छन् ।

टिप्पणीहरू