हरियो गाँजामा सशस्त्रको आगो

हरियो गाँजामा सशस्त्रको आगो

सिरहाका विभिन्न क्षेत्रमा व्यावसायिक खेती गरिएको गाँजाको बोटमा दनदनी आगो लगाइएको छ । अवैधानिक रुपमा गरिएको गाँजा खेतीलाई सशस्त्र प्रहरी बलले आगो लगाएर नष्ट गरिदिएको हो ।

गोलबजार नगरपालिकाका वडा नम्बर ७, ८ र १०, मिर्चैया नगरपालिका–९, औरही गाउँपालिका–१ र नराह गाउँपालिका–२ मा ७ बिघा ७ कठ्ठामा लगाइएको गाँजा सखाप पारिएको छ ।

त्यस्तै, महोत्तरीको एकडाडा गाउँपालिका–५ मा ८ बिघा, सर्लाहीको लालबन्दी नगरपालिका–१४ मा ६ बिघा र पर्साको ठोरी गाउँपलिका–४ मा २ बिघा, ४ कठ्ठामा लगाएको गाँजा पनि फडानी गरेर आगो झोसिएको छ ।

सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीबाट खटिएको टोलीले ती सबै गाँजा खेती नष्ट गरेको बताइको छ ।

टिप्पणीहरू