फिल्म देखाउन भुवन केसीका बाबुछोरा नै जाने

फिल्म देखाउन भुवन केसीका बाबुछोरा नै जाने

भारतको उत्तरपूर्वी राज्य सिक्किममा हुन लागेको ‘सिक्किम ग्लोबल फिल्म फेस्टिभल’ मा नेपाली कलाकारहरु पनि सहभागी हुने भएका छन् ।

डिसेम्बर १० देखि १४ सम्म अर्थात् मंसिर २४ देखि २८ गतेसम्म गान्तोकमा आयोजना हुने महोत्सवमा बलिउडसँगै नेपाली कलाकारहरुको पनि सहभागिता रहने बताइएको छ ।

कोरोनाका कारण थलिएको फिल्म पर्यटनलाई प्रवद्र्धन गर्न सिक्किम फिल्म प्रमोसन बोर्डले फेस्टिबलको आयोजना गरेको हो ।

फेस्टिबलमा बलिउडबाट मलाइका अरोराले भाग लिने छिन् भने नेपालबाट कलाकार अनमोल केसीलाई पनि निम्तो प्राप्त भएको छ । साथै, भुवन केसी, दयाहाङ राई, नम्रता श्रेष्ठ, अदिति बुढाथोकी, विनय श्रेष्ठ, शिवानी गुप्तालगायतका कलाकार पनि सहभागी हुने बोर्डले सार्वजनिक गरेको जानकारीमा उल्लेख छ ।

बलिउडबाट अभिनेता अरिजीत दत्ता, निर्देशकहरु सञ्जय पुरन सिंह, प्रियदर्शन, अभिनव कश्यप, अनन्त महादेवनलगायत समेत सहभागी हुनेछन् ।

फेस्टिबलमा साइनो, जार, कथालगायतका नेपाली फिल्म प्रदर्शन गरिने छ ।

टिप्पणीहरू