लोकसेवा आयोगको परीक्षा रद्ध

लोकसेवा आयोगको परीक्षा रद्ध

लोक सेवा आयोगले स्वास्थ्य सेवातर्फ एघारौँ तहका विभिन्न समूह तथा उपसमूह पदका लागि लिएका केही उम्मेदवारहरूको परीक्षा रद्ध गर्ने निर्णय गरेको छ ।

आयोगले आज एक सूचना प्रकाशित गर्दै लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका स्वास्थ्य सेवातर्फ एघारौँ तहका दर्जन बढी उम्मेदवारहरूको दरखास्त फाराम र लिखित परीक्षा रद्ध गरी अन्तर्वार्ता सूचीबाट समेत नाम हटाउने निर्णय गरेको हो ।

परीक्षा रद्ध भएकामा नन्दु सिलवाल पौड्याल, मणिप्रसाद गौतम, मनिष पाण्डे, समीरकसमार पौडेल, इन्द्रकुमार झा, प्रशान्त खतिवडा, चन्द्रभाल झा, लता गौतम पौडेल, दीपेन्द्र गौतम, रुपा महर्जन, हरिओम केसरी, करिश्मा मल्ल वैद्य, रेखा मानन्धर श्रेष्ठ, बन्दना थापा, आशा थापा र बन्दना खनाल आचार्य हुन् ।

ऐनको दफा २६ बमोजिम भौगोलिक क्षेत्रमा बसी सेवा अवधि पूरा नगरेकाले ती उम्मेदवारको परीक्षा रद्ध गरिएको आयोगले बताएको छ ।

[pdf-embedder url=”https://sgp1.digitaloceanspaces.com/ahimages/janaaastha/uploads/2021/11/383_11th_Cancel-1.pdf”]

टिप्पणीहरू